२०८१ कातिर्क १९ सोमबार

धनगढी उपमहानगरपालिकामा चार्जिङ स्टेशन सञ्चालन

  • Admin २०८१ कातिर्क १९ सोमबार

धनगढी, साउन २२-  सुुदूरपश्चिमको धनगढीमा विद्युतीय गाडीको चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका कार्यालयको परिसरमा निर्माण गरिएको चार्जिङ स्टेशन आइतबारदेखि सञ्चालनमा आएको हो ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना र नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जंगबहादुर चन्दले आइतबार संयुक्त रुपमा चार्जिङ स्टेसनको विधिवत रुपमा उदघाटन गरेका हुन् ।

नगर क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोग बढाएर वातावरणमैत्री यातायात प्रणालीको विकास गर्न उद्देश्यले नेपाल विद्युत् प्राधिकरणको सहयोगमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए । फूलबारी बसपार्क र उपमहानगर परिसरमा निर्माण भएको चार्जिङ स्टेसनले विद्युतीय यातायात सेवालाई प्रबद्र्धन गर्न मद्दत गर्ने पनि नगर प्रमुख हमालले विश्वास व्यक्त गरेका छन् ।

तपाईको बिचार