काठमाडौँ, साउन २० – नेपाली कांग्रेसले सांगठानिक सुदृढीकरणका खटिएका केन्द्रीय प्रतिनिधिलाई १८ बुँदे कार्यविधि दिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले १८ बुँदे कार्यविधि प्रतिनिधिलाई दिएका हुन् साथै असार २१ र २२ गते भएको जिल्ला सभापति बैठकको १४ बुँदे आन्तरिक प्रतिबद्धता र पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय पनि उनीहरुलाई दिइएको छ ।
साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि कांग्रेस केन्द्रीय प्रतिनिधि जिल्ला–जिल्ला पुगिसिकेको अवस्था छ । कांग्रेसले सह महामन्त्री, केन्द्रीय सदस्यहरू र पूर्व केन्द्रीय सदस्यलाई जिल्ला–जिल्ला खटाएको छ । जिल्लामा रहेका सबै निर्वाचन क्षेत्र हेर्ने गरी एक प्रतिनिधि खटाइएको छ । अभियानमा प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्य खटिएका छन् ।
तपाईको बिचार