Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ बैशाख १४ आइतबार

दीपेन्द्रसिंह ऐरीको टोलि दोश्रो क्वालिफायरमा

  • Admin २०८२ बैशाख १४ आइतबार

काठमाण्डौ, साउन २० – मोन्टरिएल टाइगर्स ग्लोबल टि२० क्यानडाको पहिलो एलिमिनेटर खेलमा ब्राम्पटन वल्भ्सलाई ९ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको छ ।

जितको लागि १ सय ५ रनको सामान्य लक्ष्य टाइगर्सले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । टाइगर्सको जितमा कप्तान क्रिस लिन ४७ बलमा ७ चौका र ३ छक्कासहित ६३ रनमा नट आउट रहे । श्रीमन्था विजयरत्ने १५ बलमा २ चौकासहित १५ रनमै नट आउट रहे ।

त्यसअघि वल्भस टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा १ सय ४ रनमा अल आउट भएको थियो । ओपनर आरोन जोनसनले २५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाए ।

नेपालका दीपेन्द्रले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । कार्लोस ब्रेथवेट र आयन खानले समान दुई विकेट लिए । दीपेन्द्रले फिल्डिङमा दुई रन आउट र एक क्याच लिदै जित सहज बनाए ।
पहिलो क्वालिफायर खेलमा सन्दीप सम्मिलित सर्रे जागुअर्सले भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । टाइगर्स र नाइट्सबीच आज राती दोस्रो क्वालिफायर हुनेछ । उक्त खेलको विजेता टोलीले आइतबार सर्रेसँग उपाधिको लागि भिड्नेछ ।

तपाईको बिचार