२०८१ कातिर्क २८ बुधबार

भारतको केदारनाथको पहिरोमा परि १० जना नेपाली बेपत्ता

  • Admin २०८१ कातिर्क २८ बुधबार

सुर्खेत, साउन १९ – भारतको उत्तराखण्डमा पहिरोले होटल बगाउँदा १० जना नेपाली नागरिकबेपत्ता भएका छन्।

केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्लाका १० जना बेपत्ता रहेको भारतीय मिडिया जागरणले उल्लेख गरेको छ। बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको बताइएको छ। यसैगरी हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा होटल सञ्चालन गर्दै आएका थिए।

उनको होटलमा खाना खान गएका बेला पहिरोले होटल बगाएको जागरणले जनाएको छ। पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर छन्।

तपाईको बिचार