काठमाडौं, साउन १९ – नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबार व्यक्तिगत पत्रकार सम्मेलन गर्ने भएका छन् । मल्लले शुक्रबार नक्सालस्थित आरन्या बुटिकमा दिउँसो २ः३० बजेका लागि पत्रकार सम्मेलन गर्ने जनाएका छन् । तर, ज्ञानेन्द्रले हालसम्म यसको कारण भने खुलाएका छैनन् ।
“आज मिति २०८०/०४/१९ गते मेरो व्यक्तिगत पत्रकार सम्मेलन रहेको हुँदा निम्न स्थान र समयमा आफ्नो उपस्थिति जनाइदिनुहुन विनम्र अनुरोध गर्छु,” उनले उपस्थितिका लागि पठाएको पत्रमा उल्लेख छ । मल्ल एसिया कपको लागि टिममा छनौट भएका छैनन ।
तपाईको बिचार