एजेन्सी, साउन १९ – पुर्व अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लागेको आरोपमा आफूलाई निर्दोष भएको दाबी गरेका छन् सन् २०२० को चुनावमा आफ्नो हार लुकाउनका लागि ट्रम्पविरुद्ध षड्यन्त्र रचेको सम्बन्धमा वासिङ्टन डिसीको अदालतमा सुनुवाइको क्रममा उनले आफ्नो बचाउ गदै उक्त कुरा भनेका हुन ।
पूर्व राष्ट्रपतिले अपराधीको रूपमा पछिल्लो चार महिनामा यो तेस्रो पटकअमेरिकी अदालतमा हाजिर हुनु परेको हो । ट्रम्पलाई अदालतको पछाडिको ढोकाबाट भित्र ल्याइएको थियो। ट्रम्प बाहेक झन्डै एक हजार अपराधी अदालतमा हाजिर भएका थिए, जसलाई जनवरी ६ मा अमेरिकी क्यापिटलमा प्रवेश गरी त्यहाँ दङ्गा गरेको आरोप लगाइएको थियो।
सन् २०२१ मा चुनाव हारेपछि ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले अमेरिकी संसद्मा हमला गरेका थिए । अमेरिकी कंग्रेसको पनि तोडफोड गरेका थिए ।
तपाईको बिचार