२०८१ कातिर्क २२ बिहीबार

पुल्चोकको मन्त्री निवास अब ‘न्यायाधीश निवास’ बन्ने

  • Admin २०८१ कातिर्क २२ बिहीबार

काठमाडौं, साउन १९ – पुल्चोकस्थित हालको मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने भएको छ । भैंसेपाटीमा मन्त्रीहरुको निवास निर्माण भएपछि पुल्चोकमा रहेको मन्त्री निवासलाई सर्वोच्च अदालतका न्यायाधीशको निवास बनाउने निर्णय भएको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मन्त्रिपरिषदबाट भएको निर्णयको पत्र प्राप्त भइसकेको बताए । उनले भने, ‘पुल्चोकको मन्त्री क्वार्टर भैंसेपाटीमा सरेपछि त्यो ठाउँमा सर्वोच्च अदालतका न्यायाधीशहरुलाई निवास दिने भन्ने निर्णय प्राप्त गरिसकेका छौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले सामूहिक आवास पाउने निर्णय भएको छ ।’

सर्वोच्च अदालतका प्रवक्ता विमल पौड्यालले केही महिनाअघि नै मन्त्रिपरिषदबाट न्यायाधीशको निवासबारे निर्णय भएको र त्यसको जानकारी सर्वोच्च अदालतमा प्राप्त भइसकेको बताए । उनका अनुसार पुल्चोकको मन्त्री निवास खाली नभइसकेकाले थप निर्णय र अरु गृहकार्य भएको छैन ।

शहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा संघीय सरकारका मन्त्रीको निवासका लागि २७ वटा भवन बनाइसकेको छ ।

तपाईको बिचार