Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ जेठ १२ आइतबार

फराकिलो बन्दै डडेल्धुरा सदरमुकाम सडक

  • Admin २०८२ जेठ १२ आइतबार

डडेल्धुरा, साउन १८ – सुदुरपश्चिम प्रदेशको सात पहाडी जिल्लाहरुको प्रवेश बिन्दु रहेको डडेल्धुराको स्याउले – पोखरा सडक फराकिलो बन्ने भएको छ । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा तथा प्रतिनिधि सभा सांसद एंव नेपाली कांग्रेस नेतृ डा. आरजु राणाको विशेष सक्रियतामा डडेल्धुरा सदरमुकामको सडक मापदण्ड अनुसार बन्न लागेको हो । २०७९ मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको समयमा सडक फराकिलो गर्नुपर्ने आवाज उठेपछि पूर्व प्रधानमन्त्री देउवाले खर्च नभएको बजेट रकमान्तर गदै गत आ.व. ०७९/८० मा सडकको क्षेत्राधिकारभित्रै पर्ने भौतिक संरचना र जग्गाको ५० करोड मुआब्जा वितरण गरिएको छ । गत आ.व. मा २० करोड र त्यसपछि ३० करोड गरि दुई पटकमा ५० करोड मुआब्जा वितरण गरिएको सडक डिभिजन कार्यालय कुलपातेले जानकारी दिएको छ ।

मुआब्जा पाएपछि अहिले डडेल्धुरा सदरमुकाम बागबजारमा घरधनिहरुले भौतिक संरचना भत्काउन थालेका छन। सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरणको कार्य अन्तिम चरणमा पुगेकाले अब सडक निर्माणका लागि टेन्डर गर्ने तयारी रहेको जानकारी दिएको छ।
मुआब्जा वितरण भएपछि सडक निर्माणका लागि करिब १ अर्ब बजेट आवश्यक रहेकोले सडक चौडाका लागि उक्त बजेटको व्यवस्था गरि सदरमुकामको सडक चौडा तथा व्यवस्थीत गरिने पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको सचिवालयले जानकारी दिएको छ ।

मुआब्जा पाएपछि जिल्लावासीलाई सदरमकाुमको सडक फराकिलो हुने विश्वास जागेको छ। ‘सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रवेश विन्दु रूपमा रहेको डडेल्धुरामा साँघुरो सडकले आवतजावतमा धेरै असजिलो हुने गरेको छ,’ अमरगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष टंक क्षेत्री ले भने , ‘साँघुरो सडकमा बढ्दो बजारीकरण र यातायातका साधनको चापले निकै समस्या थियो। मुआब्जा नै दिएर घर भत्किन थालेपछि अब भने सडक फराकिलो भएर सहज हुने छ ।’

तपाईको बिचार