एजेन्सी, साउन १८ – सुरक्षाको कारण आगमी अक्टोबरमा हुने एकदिवसीय विश्वकपमा घरेलु टोली भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तन हुने भएको छ । यसअघि भारत र पाकिस्तानबीचको खेल विश्वकपमा १५ अक्टोबरमा विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला अहमदाबादमा हुने तालिका थियो ।तर उक्त दिन भारतमा हिन्दुहरुको चाडपर्व नवरात्रीको पहिलो दिन परेकोछ । त्यसैको कारण भारतीय प्रहरीले नवरात्री र उक्त खेल दुबैमा गरि भिड धेरै हुँदा सुरक्षा दिन कठिन पर्ने भएकाले खेल तालिका परिवर्तन गर्न भारतीय क्रिकेट बोर्डसँग माग गरेको थियो ।
भारतले उक्त दिनलाई सर्दै १४ अक्टोबरमा गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले पनि १४ अक्टोबरमा खेल खेल्न सहमती जनाएको छ । नवरात्रीको कारण विश्वभरबाट आउने दर्शकको भिडको कारण झनै अस्तब्यस्त हुन सक्ने डर रहेको थियो ।
योसँगै अव विश्वकपमा भारत र पाकिस्तानबीचको खेल १४ अक्टोबरमा अहमदाबादमा हुनेछ ।
खेल तालिका परिवर्तन आइसिसीले चाँडै नै सार्वजनिक गर्नेछ । १४ अक्टोबरमा विश्वकपमा अन्य दुई खेल पनि छन् । सोहि दिन चेन्नईमा बंगलादेश र न्युजिल्यान्डबीच खेल हुनेछ । उक्त खेल ११ अक्टोबरमा सारिने भएको छ । दिल्लीमा अफगानिस्तान र इंग्ल्यान्डबीच खेल हुनेछ ।
उता पाकिस्तानले १४ अक्टोबरमा भारतसँग खेल्ने भएपछि श्रीलंकासँगको तालिका पनि परिवर्तन हुने भएको छ । श्रीलंका र पाकिस्तानबीचको खेल १२ अक्टोबरमा हैदराबादमा हुने तालिका थियो । तर उक्त खेल अव १० अक्टोबरमा हुनेछ ।
तपाईको बिचार