Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6114
NEPAL TIMES NOW | Trusted News Portal

२०८१ चैत ३ सोमबार

साम्राज्ञीलाई ‘नाङ्गो गाउँ’को आश

  • Admin २०८१ चैत ३ सोमबार

काठमाडौ, साउन १८ – अभिनय गरेको पहिलो फिल्म ‘ड्रिम्स’ले नै साम्राजी राज्य लक्ष्मी शाहलाई युवापुस्तामा जबर्जस्त लोकप्रियता दिलायो । उनको दोस्रो फिल्म ‘ए मेरो हजुर २’को सफलताले उनको स्टारडम थप मजबूत बन्यो । यतिसम्मकी उनको स्टारडमले नै फिल्म चल्छ भन्ने विश्वास मेकरमा हुन थालिसकेको थियो ।

फिल्म वितरक तथा निर्माता सुनील मानन्धरले ६ महिना अगाडि एक अन्तर्वार्तामा भनेका थिए, ‘रेखा थापापछि हिरोइनको नामले नै फिल्म चल्ने साम्राज्ञीको हो ।’ तर, यो ६ महिनामा बागमतीमा धेरै पानी बगिसकेको छ । अघिल्लो वर्ष प्रदर्शनमा आएको साम्राज्ञी अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’को दयनीय नतिजाले उनको नामले नै फिल्म चल्छ भन्ने भ्रम तोडिदिएको छ ।

यसअघि उनका ‘कायरा’, ‘तिमीसँग’, ‘मारुनी’ र ‘रातो टीका निधारमा’ पनि असफल भएका थिए । रिलिजको हिसाबले चौंथो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ भने ठीकठाक चल्यो । ‘ड्रिम्स’पछि उनको नामैले हलमा दर्शक तानेको नदेखिएको होइन । तर, श्रृंखलाबद्ध विवादले उनको क्रेज कमजोर बनेको फ्लप फिल्मको बढ्दो संख्या प्रमाण हुन् । अब गुमेको क्रेज फर्काउनु पर्ने चुनौती उनमा छ ।

आगामी भदौ २९ गते उनी अभिनीत फिल्म ‘नाङ्गो गाउँ’ प्रदर्शन हुँदैछ । बक्स अफिसका हिट मेशिन मानिएका अभिनेता दयाहाङ राईको पनि फिल्ममा अभिनय छ । ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामाले फिल्म निर्देशन गरेका हुन् । यसैले उनलाई यो फिल्मप्रति ठूलो आशा छ । फिल्म हिट भैदिएको खण्डमा उनको संकटउन्मुख करिअर लयमा फर्कन सक्नेछ ।

तपाईको बिचार