२०८१ कातिर्क २२ बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक वस्दै

  • Admin २०८१ कातिर्क २२ बिहीबार

काठमाडौ, साउन १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए अनुसार बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय चमतिमा बस्ने छ।

रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ। पार्टीको नीति विभागले मस्यौदा गरेको दस्तावेजमाथि १७ सदस्य रहेको कार्यदल बनाएर अन्तिम रूप दिने तयारी भइरहेको पनि रास्वपाका नेताले बताएका छन्। पार्टीले मंसिरमा पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। आजको बैठकमा यिनै विषयमाथि छलफल हुने बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति ३९ सदस्यीय छ। विधानमा १ सय २१ सदस्यी केन्द्रीय समिति रहने भनिए पनि मधेसी, जनजाति, पछाडि पारिएको क्षेत्र आदिबाट सदस्य पूर्ति हुन बाँकी रहेकोछ।

त्यस्तै रास्वपाले सांसदहरूलाई पनि केन्द्रीय समितिमा मनोनीत गर्ने तयारी गरेको छ । प्रतिनिधि सभामा रहेका ६ जना सांसद मात्रै केन्द्रीय समितिमा छन्।

तपाईको बिचार