धनगढी, १७ साउन – नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेश ले मन्त्री छान्नको लागि संसदिय दलको बैठक बोलाएको छ । तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि खाली रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रीको नाम टुंग्याउन बैठक बोलाएका हुन् ।
बैठक दिउँसो ४ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले जानकारी दिए । उनका अनुसार बैठकमा प्रदेश सरकार विस्तार र आन्तरिक मामिला तथा कानुुन मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल हुनेछ ।
स्रोतका अनुसार कांग्रेसले बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्टलाई मन्त्री बनाउने तयारी गरेको छ । उनको नाममा पार्टीभित्र करीब सहमति जुटिसकेकाले दलको बैठकले मन्त्रीमा भट्टलाई पठाउने एकजना प्रदेशसभा सदस्यले बताए । शाहले बुधबार नै प्रदेश सरकारलाई पूर्णता दिने तयारी समेत गरेका छन् ।
तपाईको बिचार