काठमाडौं, साउन १७ – नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेको छ । केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ ।
प्रतिनिधिहरु पहिलो चरणमा २० देखि ३० साउनसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित हुने छन् । दोस्रो चरण भदौ १० देखि २४ गतेसम्म तोकिएको छ ।
पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्यहरुले पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् । अपूर्ण रहेको कार्यसमिति छ भने पूर्णता दिने, नियमित बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको रहेछ भने रिपोर्ट दिन लगाउने, आन्तरिक विवाद समाधान गर्ने, नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरण लगायतका काम पहिलो चरणमा हुने केन्द्रिय सदस्य रमेश लेखकले जानकारी दिए ।
केन्द्रीय सदस्य तर सांसद पनि भएकालाई भने नेपाली काँग्रेसले जिम्मेवारी दिएको छैन ।
हेर्नुहोस् केन्द्रीय प्रतिनिधिको नामावली
तपाईको बिचार