२०८१ कातिर्क २२ बिहीबार

एसिया छनोट खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा

  • Admin २०८१ कातिर्क २२ बिहीबार

काठमाडौ, १६ साउन नेपाल क्रिकेट संघ (क्यान) ले अगष्ट र सेप्टेम्बरमा मलेसियामा हुने आइसिसी वुमन्स विश्वकप टि२० एसिया क्षेत्र छनोट खेल्ने २४ सदस्य नेपाली महिला टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

तीन युवा खेलाडी मनिषा चौधरी, स्नेहा महरा र पुजा महतो पहिलो पटक नेपाली टोलीको बन्द प्रशिक्षणमा परेका छन् । प्रतियोगिता मलेसियामा अगष्ट ३१ देखी ९ सेप्टेम्बर सम्म हुनेछ । नेपालले अनुभवी अलराउन्डर नेरी थापा, ब्याटर रोमा थापा र तीव्र गतिकी बलर सबनम राईलाई टोलीमा बोलाएको छ ।

प्रतियोगिताको समूह ए मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् । प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।

बन्द प्रशिक्षणमा बोलाएको महिला टोली :
रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुवि पोदार, खुशी डंगोल, पुजा महतो, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, श्रृष्टि जैशी र स्नेहा महरा ।

तपाईको बिचार