समाचार
परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय उपमहासचिवबीच भेट
वाशिङ्टनडिसी (अमेरिका) -परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र राष्ट्रसंघीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गरेका थिए । उनले लैंगिक समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताएकी थिइन् ।